
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गरिखाने शिक्षा आजको मूल आवश्यकता भएको बताउनुभएको छ ।
कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३ औँ वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बताउनुभएको हो। ‘हाम्रा शैक्षिक संरचना योग्य नागरिक उत्पादन गर्ने कारखानाका रुपमा विकास हुनुपर्छ’ उहाँले भन्नुभयो– ‘टाउकोले टेक्ने खालको हाम्रो शिक्षा नीति खुट्टाले टेक्ने बनाउनुपर्दछ ।’
सरकारले गर्नुपर्ने काम कोपिला भ्याली स्कुलले गरेको बताउनुभएका मुख्यमन्त्री शर्माले श्रम, सीप, प्रविधि र संस्कारसँग जोडिएको शिक्षा पनि यो विद्यालयले दिएको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नयन र सुदृढीकरणका लागि सबै सरोकार भएका निकायको साझा भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँका अनुसार नागरिक खुशी र सुखी बन्ने अवस्था सृजना नहुन्जेलसम्म समृद्धि कोरा भाषणमा मात्र सीमित हुन्छ ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले कर्णालीको शैक्षिक विकास र यहाँका पहुँचविहीन तथा विपन्न समुदाय बालबालिकाका लागि कोपिला भ्याली वरदान सावित भएको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्लले विसं २०६७ मा बाँसको टहराबाट शुरु गरेकामा १३ वर्षपछि हरित विद्यालयसम्म निर्माण गर्न सकिएको बताउनुभयो । विद्यालयका सहसंस्थापक म्याग्गी डोयनले कर्णालीमा आएर काम गर्न पाउँदा गर्व गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश