
रुकुम । रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिमले कृषि क्षेत्रको आधुनिकीकरण तथा रोजगार बैंकको स्थापना गर्न महोत्सव गर्ने भएको छ ।
फागुन १८ देखि २८ गतेसम्म जिल्ला सदरमुकाम खलङ्गाको बराहटाकुरामा ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८०’ आयोजना गर्न लागिएको हो। रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना तथा कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह–आयोजनामा महोत्सव सञ्चालन हुने सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो ।
महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति, सांस्कृतिक वस्तुको प्रदर्शन गरी प्रचारप्रसार गर्ने, स्थानीय उत्पादनको पहिचान गरी बजार विस्तारको अभियान शुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा त्यही प्रकृतिका कार्यक्रम आयोजना गर्ने लक्ष्य राखिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
कृषि क्षेत्रको आधुनिकीकरण र जडीबुटीजन्य, वन पैदावार खेतीसम्बन्धी अभिमुखीकरण गोष्ठी, जलवायु परिवर्तन अनुकूलन गोष्ठीको आयोजना गरी व्यवसायीकरणतर्फ लिने, जिल्लाका पर्यटकीय सम्भावनासम्बन्धी सम्मेलन आयोजना गर्ने र महोत्सवको आम्दानीबाट कृषि पर्यटन, उद्योग व्यापारका क्षेत्रमा काम गर्ने कामदार, मजदूर, कर्मचारीको सेवा सुविधा सुनिश्चितता र बेरोजगारको अवस्था अध्ययन गरी रोजगार र स्वरोजगारमा लगाउनका लागि रोजगार बैंकको स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। महोत्सवको आम्दानीबाट सङ्घको संस्थागत विकाससम्बन्धी गतिविधि गर्ने र अक्षय कोष स्थापना गरी मानव सेवा गर्ने लक्ष्य राखिएको खड्काको भनाई छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनुका साथै स्थानीय उत्पादन समेत राखिने छन् । मेला अवधिमा विभिन्न व्यापारिक स्टलका साथै जिल्लाका अर्गानिक उत्पादन ढिँडो, सिस्नो, कोदोको रोटी, स्थानीय जातका कुखुरा, कालिजको मासु, स्थानीय आलु, दाल, तरकारी लगायत वस्तु पाइने रुकुम सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार स्थानीय झाँकी समेत महोत्सवमा रहने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग