
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
विपक्षी दलका सांसदहरुले बालकुमारी घटनाको प्रतिवेदन संसदमा टेबुल गर्न माग गर्दै अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदले बालकुमारी घटनासहित विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नु भएको हो ।
सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई पटक–पटक आग्रह गर्नुभएको थियो । तर सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएरहेपछि उहाँले बैठक स्थगित गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति