
तनहुँ । आँबुखैरेनीमा दोस्रो आँबुखैरेनी महोत्सव शुरु भएको छ । पहिलो महोत्सव भएको एक दशकपछि बिहीबारदेखि दोस्रो महोत्सव शुरु भएको हो ।
तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले मेला–महोत्सव स्थानीय वस्तु बजारीकरणका लागि सहयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको समय आर्थिक समृद्धिको हो, राजनीतिक परिवर्तन भइसक्यो । अब जनतालाई समृद्ध बनाउनेतर्फ सबै दलबीच सहमति र सहकार्य आवश्यक छ ।’
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आँबुखैरेनीको पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव सफल हुने बताउनुभयो । उहाँले सबै दलबीचको एकता र सहमतिबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
विसं २०७१ मा प्रथम आँबुखैरेनी महोत्सव भएको थियो । त्यसयता विभिन्न कारणले महोत्सवलाई निरन्तरता दिन नसकेको एकाइले करिब १० वर्षपछि महोत्सव आयोजना गरेको हो । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिकस्थलको अवलोकन, कृषि तथा पशु फार्म अवलोकन, उद्योग तथा विद्युत् उत्पादन केन्द्रको अध्ययन अवलोकन मुख्य आकर्षण रहेको समारोह समितिका संयोजक एवं तनहुँ उद्योग वाणिज्य सङ्घ आबुँखैरेनी बजार एकाइ सभापति भगवान श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको मुख्य आकर्षणमा आँबुखैरेनीबाट छिम्केश्वरीसम्मको दुईदिने प्याकेज भ्रमणको व्यवस्थासमेत रहेको छ । महोत्सवमा विभिन्न जातजातिको संस्कृति, वेशभूषा, खानपानको प्रदर्शनीसँगै विविध लोकसांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता हुनेछ ।
महोत्सवमा एक सय ७५ ‘स्टल’ रहेका छन् । पचहत्तर हजार दर्शकले अवलोकन गर्ने ठानिएको महोत्सवमा ४१ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । महोत्सव फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग