
मकवानपुर। बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते दिउँसो ३ बजे बस्ने बताउनुभएको छ । उहाँले १५ गते दिउँसो ३ बजे बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
सभामुख पाठकले प्रदेश सरकारले आह्वान गरे बमोजिम फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक एवं राष्ट्रिय महत्वको विषयमा कार्यसुची तयार गर्न फागुन १३ गते अपरान्ह् २ बजे संसद्मा रहेका सत्ता पक्ष र प्रतिपक्ष दल सम्मिलित सर्वदलीय बैठकको आयोजना गरिने भएको जानकारी दिनुभयो ।
उहाँले प्रदेशसभाको बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र राष्ट्रिय सरोकारका विषय संसद्को विभिन्न समितिमा छलफलका लागि पठाइएको बताउनुभयो । विधेयकमाथि छलफल भई प्रतिवेदनका रुपमा तयार भएका विधेयकलाई बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्न फागनु १४ गते दिउँसो १ बजे प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठकको आह्वन गरिएको सभामुख पाठकले जानकारी दिनुभयो ।
गत असोज २२ गते बागमती प्रदेशसभाको १२औँ अधिवेशन बैठकले दुई विधेयक पारित गरी गत असोज २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिनको राति १२ बजेदेखि संसद्को १२औँ अधिवेशन अन्त्य गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति