
काठमाडौँ । आफ्ना समस्या समाधान नभएपछि लघुवित्त पीडितहरु सडकमा उत्रिएका छन् । लघुवित्त पीडितहरुले बुधबार बालुवाटारमा प्रधानमन्त्री निवास नजिकै प्रदर्शन गरेका छन् ।
लघुवित्त पीडितहरुले बुधबार सिफल चौरदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् । लघुवित्त र सहकारी पीडितहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान छलफलका लागि बोलाउनुभएको थियो । आन्दालनका अगुवाहरु प्रधामन्त्रीसँगको छलफलमा गए पनि अरु पीडितहरुले प्रदर्शनमा सहभागी भए । प्रदर्शनमा करिब ३ हजार सहभागी देखिए । आन्दोलनमा अधिकाँश महिला छन् ।
पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर फागुन १ देखि त्यहाँबाट पैदलयात्रा गर्दै काठमाडौँ आइपुगेका हुन् । उनीहरु मुग्लिनबाट ७ दिन हिँडेर काठमाडौँ आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति