
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा डर, त्रास तथा धम्की दिएर ५० लाख रुपैयाँ माग्ने २ जना पक्राउ परेका छन् ।
माओवादीको नाममा डर, त्रास तथा धम्की दिएर उल्लेखित रकम मागेको आरोपमा प्रहरीले कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ वर्षीय नरहरि ढुङगाना उपनाम रमेशलाई पक्राउ गरेको हो ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको चन्द्रगिरी नगरपालिका–९ मच्छेगाउँबाट मंगलबार पक्राउ गरिएको अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभएको छ । मोटरसाइकल र माओवादीको चन्दा रसिदसहित पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
‘केही व्यक्तिले योजनावद्ध तरिकाले पीडितलाई पटक–पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख रुपैयाँ माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका–९ मच्छेगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो’ प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार प्रहरीले उनीहरुको साथ सु प प्र–०१००९ प ६६१० नम्बरको मोटरसाइल, विभिन्न कम्पनीका मोबाइल चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग