
ताप्लेजुङ । पछिल्लो समयमा ताप्लेजुङमा धुपीपात सङ्कलन क्रमिक रुपमा घट्दै गएको छ। डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष धुपीपात सङ्कलन घट्दै गएसँगै राजस्व समेत घट्दै गएको हो।
चालु आर्थिक वर्षमा जिल्लाको राष्ट्रिय वनबाट १७ हजार पाँच सय किलोग्राम धुपीपात सङ्कलन भएको छ। हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष सङ्कलन हुँदै आएको छ। चालु आर्थिक वर्षमा १७ हजार पाँच सय किलोग्राम धुपी सङ्कलन हुँदा प्रतिकेजी दुईका दरले ३५ हजार रुपैयाँ राजस्व जिल्ला वन कार्यालयमा जम्मा गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
गत वर्ष २२ हजार पाँच सय किलोग्राम धुपीपात सङ्कलन हुँदा ४५ हजार राजस्व जम्मा भएको थियो । आव २०७८/७९ मा ३५ हजार केजी धुपीपात सङ्कलन भएको र त्यस बापत ७० हजार राजस्व सङ्कलन भएको थियो । पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ। धुपीपातबाट औषधिका लागि प्रयोग हुने तेल निकालेर राम्रो मूल्यमा बिक्री गरिन्छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ। फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ।
दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको त्यसका सञ्चालक पेमा शेर्पाले बताउनुभयो। घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर ३ हजार ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको उहाँले जानकारी दिनुभएको छ।
धुपीपात व्यापारीले प्रतिकिलो ६० का दरले खरिद गर्दै आएको मिक्वाखोला गाउँपालिका–५ का व्यापारी रिङ शेर्पाले बताउनुभयो। हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने उहाँको भनाई छ।
नेपाल -भारत नाका पशुपतिनगरमा प्रतिकिलो १ सय ६० रुपैयाँका दरले धुपीपात खरिद हुने व्यापारी शेर्पाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पुर्याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौं। त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन्।’ नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग