
बाँके । पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगञ्ज–बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्र पनि सकिएको छ ।
ज्ञानिश शारदा जेभीले रु १२ करोडमा नेपालगन्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको ठेक्का पाएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगन्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताउनुभयो । उहाँका अनुसार, बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ ।
स्तरोन्नतीसँगै अहिले यो सडकखण्ड दुई लेनको भएको छ । विगतमा साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा कठिनाइ हुने गरेकामा अहिले दुवै छेउमा सडक विस्तार भएपछि आवागमनमा सहज भएको डुडुवाका स्थानीय युवा महेश चौधरीले बताउनुभयो । “साँघुरो सडक विस्तार भएपछि अहिले धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।
नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दूरी छोटो भएका कारण नेपालगञ्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्ती सोनारीका अगुवा तुलसी थारूले बताउनुभयो ।
नेपालगञ्जदेखि राप्तीपारि हुँदै अगैयासम्मको सडकको दूरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दूरी छ । दूरी छोटो पर्ने भएकाले सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारिकै सडक रोज्ने गरेका छन् ।
बाँकेमा अहिले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्र काम एपिक्स कन्काई खड्का जेभिले रु ७६ करोडको लागतमा गरिरहेको छ भने नेपालगञ्ज–गुलरिया सडक खण्डको २८ किलोमिटरमध्ये ११ दशमलव छ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एन्ड कम्पनीले गरिरहेको छ ।
बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत् पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग