
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझदेखि वीरगञ्जमा अनिश्चिकालीन निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दै आज साँझ ५ बजेदेखि अर्काे सूचना जारी नहुन्जलेसम्म वीरगञ्ज क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।
रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा आज हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सृजना भएकाले निषेधाज्ञा जारी गरिएको प्रजिअ भुसालले बताउनुभयो । पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेलालगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्रजिअ भुसालले बताउनुभयो ।
यसैबीच वीरगन्ज महानगरपालिकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताउनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी झण्डै एक हजार प्रहरी जिल्लाका विभिन्न स्थानमा खटाइएको निमित्त प्रमुख थापाको भनाइ छ । महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार एरियालगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति