
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताउनुभएको छ । उहाँले बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्तावको बारेमा प्रस्ताव पेश गर्ने जानकारी दिनुभयो ।
आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकबारे जानकारी दिँदै उपसभापति गुरुङले उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले राखेको प्रस्तावलाई चार समूहमा छलफल गरिने बताउनुभयो । उहाँले महासमिति बैठकले अगाडि बढाएको प्रस्तावले नेपाली कांग्रेसलाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहनुभएका उपसभापति गुरुङले पार्टीको हरेक तहको कार्यसमितिलाई नीति र विधिमा बाँध्न महासमिति बैठकबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रजातान्त्रिक समाजवादको बहस गर्दैगर्दा उठ्न नसकेको तप्कालाई उठाउने विधिका बारेमा पनि महासमिति बैठकमा छलफल भई मार्गनिर्देश हुने उपसभापति गुरुङको भनाइ थियो ।
“भ्रष्टाचार कायम रहेसम्म आर्थिक सुशासन कायम गर्न सकिँदैन, यसका लागि महासमिति बैठकले पनि उपयुक्त निर्णय गर्नेछ”, उहाँले भन्नुभयो । बैठकले केन्द्रीय समितिले गरेका गल्ती कमजोरीलाई पनि सच्याउन मार्गनिर्देशन गर्ने र आगामी दिनमा उचित निर्णय गर्न सुझाव दिने उपसभापति गुरुङले बताउनुभयो ।
हामी कोही पनि जनताका मालिक होइनौँ, सेवक हौँ भन्ने अनूभूति जनतालाई दिने गरी पार्टी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । “१५औँ महाधिवेशन कहिले हुनसक्छ भन्ने पार्टी पंक्तिभित्र चासो हुन सक्छ, हामीले यसलाई मात्र होइन, जनतालाई छुने गरी निर्णय गर्न सक्नुपर्छ”, उपसभापति गुरुङले भन्नुभयो ।
सुशासन र आर्थिक पारदर्शिता कायम गर्नका लागि वडाध्यक्षदेखि मन्त्री पदमा रहेकासम्मको सम्पत्ति छानबिन गर्ने प्रस्ताव महासमिति बैठकले पारित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले महासमिति बैठकले पार्टीभित्र दुःख गरेका कार्यकर्तालाई न्याय पाउने व्यवस्था गरिनुुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई सेवामूलक काममा लगाउनुपर्ने उल्लेख गर्नुभयो । कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको संरक्षणमा कांग्रेस लाग्नुपर्ने सहमहामन्त्री उपाध्यायको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति