
हुम्ला । सधैँ खाद्यन्न अभाव झेलिरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने पर्याप्तमा मात्रमा रहेको छ ।
कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापरबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेल्दै आउनुपरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ लागि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी भएकाले खाद्यन्नको अभाव हटेको हो ।
दैनिक फिस्टेल हेलिकोप्टरले चामल ढुवानी गरिरहेको छ । लिमिटेडको शाखा हुम्लामा रहेका दुई गोदाममध्ये एक गोदाम भरिएको र अर्को गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उहाँको भनाई छ । अहिले यस शाखामा ६ हजार २ सय क्विन्टल चामल रहेको र गोदाम नं दुई भरिएर करिब ४ हजार ४ सय क्विन्टल चामल रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो। खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमासमेत सहज भइरहेको छ ।
खाद्यान्न पर्याप्त मात्रमा रहेकाले फागुन १३ देखि सर्वसारधण, बजारवासी र कर्मचारीलाई २ महिनाका लागि पुग्ने हिसावले दाद्यान्न बिक्री वितरण गरिने भएको छ। भैपरी आउने कार्य जन्म र मृत्युका कार्यका साथै कैदीबन्दीलाई प्रत्येक साताको शुक्रबार खाद्यान्न वितरण गरिरहेको उहाँले बताउनुभयो ।
गोदाममा चामल पर्याप्त हुँदा घरमा चामल नभएर लिमिटेडको शाखामा पुगेका जिल्लावासीलाई जिरा मसिनो चामल १ बोराको २ हजार ३ सय ७५ रुपैयाँ पर्ने गरेको छ । जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतालाई भन्दा शाखाको गोदाममा पुग्ने जनतालाई बिक्री वितरण गरिने उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति