
काठमाडौँ । चीनले अमेरिकामा आफ्ना विद्यार्थीमाथिको ‘उत्पीडन’ अन्त्य गर्न आग्रह गरेको छ ।
चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृहसुरक्षा मन्त्रीलाई आग्रह गर्नुभएको हो । बेइजिङले यात्राका लागि वैध कागजात भएका चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक सोधपुछ गर्ने गरेको र निर्वासनको सामना गर्नुपरेको आरोप लगाउँदै आएको छ ।
गत महिना वासिङ्टनस्थित दूतावासले चिनियाँ यात्रुलाई राजधानीको डुलेस विमानस्थलबाट टाढै रहन भनेको थियो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार वाङ सियाओहोङ र अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्ताको पूर्वसन्ध्यामा वासिङ्टनले ‘कुनै स्पष्ट कारणबिना चिनियाँ विद्यार्थीलाई अपमानजनक व्यवहार र जाँच गर्न बन्द गर्नुपर्ने’ बेइजिङले बताएको छ ।
मेयरकाससँगको भेटमा वाङले संयुक्त राज्य अमेरिकालाई ‘चिनियाँ नागरिकहरूले उचित प्रवेश व्यवहार र पूर्ण सम्मानको आनन्द लिने सुनिश्चित गर्न’ आग्रह गर्नुभएको थियो । वाङले चीनलाई लागुऔषध ओसारपसार गर्ने वा उत्पादन गर्ने प्रमुख देशको सूचीमा राख्ने अमेरिकी निर्णयलाई ‘सच्याउन’ मेयरकासलाई दबाब दिनुभयो । हेरोइनभन्दा कैयौं गुणा शक्तिशाली र संयुक्त राज्य अमेरिकामा वर्षेनी ७० हजारभन्दा बढी मानिसको मृत्यु हुने फेन्टानिलको व्यापारमा चीनको संलग्नता रहेको अमेरिकी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् ।
गत महिना बेइजिङमा अमेरिकी र चिनियाँ अधिकारीहरूले फेन्टानिल बनाउने सामग्रीको उत्पादन रोक्न सहकार्य गर्न सहमत भएका थिए ।आइतबारको वार्ताको एक अमेरिकी विज्ञप्तिमा भनिएको छ– ‘वाङ र मेयरकासले पूर्ववर्ती रसायनहरूको फैलावट रोक्न आवश्यक कदमहरूबारे स्पष्ट र रचनात्मक छलफल गरेका थिए ।’
दुवै पक्षले कानून कार्यान्वयन सहयोग, वैज्ञानिक र अन्य विशेषज्ञहरूबीच प्राविधिक द्विपक्षीय आदानप्रदान, अग्रगामी रसायनहरूको तालिका र बहुपक्षीय सहयोगलाई अगाडि बढाउने सम्बन्धमा पनि प्रतिवद्धता व्यक्त गरेका छन् । वासिङ्टन र बेइजिङले बालबालिकालाई अनलाइन बाल यौन शोषण र दुव्र्यवहारबाट जोगाउने लडाइँमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल गरेका छन् । वासिङ्टनले बेइजिङसँग वार्तालाई अघि बढाएपछि चीन र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध विगत एक वर्षमा गहिरो भएको छ । तर चीन सरकार अझै पनि उन्नत सेमीकन्डक्टरको निर्यातमा प्रतिबन्ध र चिनियाँ फर्म र व्यक्तिहरूमाथि प्रतिबन्धसहित अमेरिकी उपायहरूको विरोध गर्दछ ।
गत साता म्युनिखमा भएको वार्तामा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले ‘गैरकानुनी एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने’ बताउनुभएको थियो ।चिनियाँ विदेशमन्त्री वाङले अमेरिकालाई चिनियाँ नागरिकमाथि अवाञ्छित उत्पीडन र सोधपुछ बन्द गर्न पनि आग्रह गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग