
काठमाडौँ । चन्द्रागिरी नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा भोलि सोमबार सिकाली नाच देखाइने भएको छ। रुद्रायणी (काली देवीको) को ऐतिहासिक १२ वर्षे सिकाली नाच ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित छ ।
यसका लागि आज साँझ ती गुठियार (देवगण) लाई कीर्तिपुरस्थित जलविनायकमा स्वागत गरेर नाचस्थलमा ल्याइनेछ । देवगण पैदलै ल्होंखा आउने परम्परा रहिआएको छ । करिब एक सय ३० वर्षपछि २०६८ सालमा दबुमा सिकाली नाच प्रदर्शनी गरिएको थियो । आर्थिक अभावका कारण लामो समयसम्म नाच रोकिन पुगेको जनाइएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष पहल र नगरपालिकाद्वारा नाचका लागि आवश्यक केही रकम विनियोजन गरिएपछि ऐतिहासिक नाचले चन्द्रागिरिमा निरन्तरता पाएको हो । काठमाडौँको पश्चिम भेगको मातातीर्थको ल्होंखामा मात्र सिकाली नाच प्रदर्शनी गरिने परम्पार रहिआएको छ । नगरप्रमुख गिरीले आज ल्होंखा दबु परिसरमा निर्मित फाल्चाको उद्घाटनसमेत गर्नुभयो । नगरपालिको आर्थिक सहयोगमा सो फाल्चाको पुनःनिर्माण गरिएको हो । उहाँले चन्द्रागिरिको जीवन्त कला, संस्कृति तथा नाचलाई संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिँदै यसको फलस्वरुप सिकाली नाचलाई निरन्तता दिएको बताउनुभयो ।
यस्तो छ सिकाली नाचको ऐतिहासिक पक्ष
काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित पुरानो नेवाः बस्ती खोकनामा मनाइने रुद्रायणी देवीको जात्रा (सिकाली नाच) हरेक १२ वर्षमा खोकना बाहिर पुग्ने गरेको छ । पन्ध्रौँ शताब्दीमा तत्कालीन राजा अमर मल्लले रुद्रायणी देवीको मन्दिरको स्थापना गर्न लगाउनुभएको किंवदन्ती रहेको छ । वर्षको दुईपटक सिकाली देवीको जात्रा गर्ने परम्परा रहेको छ । उक्त जात्रामा ४६ देवगणको पूजाआजा गर्ने तथा जाभु (भ्वज) खुवाउने परम्परा पनि निरन्तर चलिआएको बताइएको छ ।
प्रत्येक १२ वर्षमा मात्र बाहिर आउने देवगणहरूले जात्राका क्रममा १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्तिकुमार) को नाच देखाइन्छ । यसमा नाच्ने मुख्य ४६ जना देवगणमध्ये १४ देवदेवीको भूमिकामा रहन्छन् ।
सृष्टि, स्थिति र संहारका मूलकारिणी रुद्रायणीदेवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्यभाव देवी र दानवबीचको युद्धलाई दर्शाउनु रहेको चन्द्रागिरी –८ का भुयू महर्जनले जानकारी दिनुभयो छ । उहाँका अनुसार नृत्यगणमा रुद्रायणी, महादेव, गणेश, कौमारी, इन्द्रायणी, महालक्ष्मी, हनुमान, सनतकुमार, सिंहिनी, ब्याघ्रिनी, ध्वंद्यः (स्याल देवता), खिचा द्यः (कुकुर देवता), महिषासुर दैत्य र यक्ष टोली बाजासहित सरिक हुन्छन् । नृत्य टोलीमा भाग लिने सबै पात्रले मुजा परेको सेतो जामा, भोटो, पटुका, पगडी र थ्यागा (पट्याएको पछ्यौरा) लगाएका हुन्छन् ।
चन्द्रागिरी–८ का वडाध्यक्ष प्रल्हाद रिजाल एवं सिकाली जात्रा व्यवस्थापन समितिका अध्यक्ष धर्मानन्द श्रेष्ठले ऐतिहासिक सिकाली नाच प्रर्दशनीका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा