
रौतहट । सरस्वतीको मूर्ति बिसर्जन गर्ने क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएर स्थीति तनाबग्रस्त भएपछि प्रशासनले रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ ।
इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो ।
शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।
इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको हो ।
कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा र्याली निकाल्न प्रतिबन्ध लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति