
काभ्रे । बनेपा आजदेखि बृहत् काभ्रे कृषि महोत्सव शुरु भएको छ।
बनेपामा तिनदोबाटो स्थित करुणामार्गदेखि प्राधिकरण चोकसम्म महोत्सव कृषि महोत्सव आयोजना गरिएको हो । महोत्सवको प्रदर्शनी स्थल रहेको त्यस ठाउँलाई झकिझकाउ बनाइएको छ।
तिनदोबाटोदेखि लायकु राज भवन र वडा नम्वर ९ को कार्यालयको प्रङ्गणमासम्म सय भन्दा बढी प्रदर्शनी तथा बिक्री स्टल राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक दीपककुमार गौतमले जानकारी दिनुभएको छ ।
महोत्सवमा जिल्लाका १३ वटै पालिकाका किसानले आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनी राख्नेका छन् । अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवा, दुग्धजन्य परिकार तथा उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्न्धिबत उपकरण, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकार, वित्तीय सेवा कर्जा सम्बन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीका स्टल रहेका छन्
प्रदर्शनी स्थलमा रंगीन छाना भएको सामाग्री प्रयोग भएका छन । महोत्सवमा चार वटा स्वागत गेट राखिएको छ। त्यस ठाउँमा सडक पेटी खाली छन् । पीच सडकको दुई भागमा स्टल राखिने र बीचबाट हिड्न मिल्ने बनाइएको छ। सडकमा सवारी आवगमन निशेध गरिएको सूचनामार्फत सर्वसाधारणलाई जानकारी गराइएको छ। उदघाटन सत्रको कार्यक्रमका निम्ति लायकु राज भवनमा बनाइएको छ ।
महोत्सव उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै हुनुहुन्छ । समारोहमा विभिन्न तहका उच्च पदस्त अधिकारी तथा विदेशी पाहुनाको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति