
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ । प्रधनमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताउनुभएको छ ।
माओवादी केन्द्रको मंगलबारदेखि राजधानीमा भएको विधान अधिवेशनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न फेर्न सुझाव दिएका थिए । अधिवेशनमा पार्टीको नाम र चिह्न फेर्न सुझाव आए पनि अध्यक्ष दाहालले तत्काल यस्तो सम्भव नभएको बताउनुभएको हो । आवश्यक परे यसबारे पछि निर्णय हुने अध्यक्ष दाहालको भनाई छ ।
अध्यक्ष दाहालले विधान अधिवेशनमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी र कमिटीको निर्वाचनबाट पदाधिकारी चुन्ने व्यवस्था गरिने बताउनुभयो ।
माओवादी केन्द्रको केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिको एक तिहाई स्थायी समिति हुनेछ । अध्यक्ष दाहालले ११ जनाको केन्द्रीय पदाधिकारी बनाइने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति