
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक फेरि दोहोरो अंकले घटेको छ । बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर २ हजार ६२ दशमलव शून्य ३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ७१ अंकले ओरालो लागेर ३ सय ६८ दशमलव ५६ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा कमी आएको छ । एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
बिहीबार कूल एक करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता शेयर, ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ । त्यो कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २ सय ६७ रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
सगरमाथा जलविद्युत् कम्पनी ११ करोड ५९ लाख ६५ हजार ६ सय २१, जोशी हाइड्रोपावर १० करोड ७५ लाख ५८ हजार २ सय ८३, एनआइसी एसिया बैंक ८ करोड ७० लाख २३ हजार १ सय ८० र हिमालयन ऊर्जा विकास कम्पनी ८ करोड ५७ लाख ५१ हजार ९ सय ४५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रोपावर आठ दशमलव शून्य एक, जोशी हाइड्रोपावर सात दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३४ प्रतिशतले कमाएका छन् ।
मैलुङ खोला जलविद्युत् कम्पनी ५ दशमलव ७०, प्रोगेसिभ फाइनान्स ५ दशमलव ५८, माहुली लघुवित्त ५ दशमलव ४२, रिभर फल्स पावर ५ दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४ दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो