
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी मृत्यु भइसकेका व्यक्तिहरुको झिकेको आरोपमा पक्राउ परेका छन्।
मृत्यु भइसकेकाहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिएको आरोपमा प्रहरीले वाणिज्य बैंक महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका कार्यालय सहयोगी अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको पाइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार कार्यालय सहयोगी अधिकारीले कम्तीमा ८ जनाको पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ ।
पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमूना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको र देखाएर अधिकारीले पेन्सन आफैंले लिने गरेको पाइएको प्रहरीको भनाई छ ।
प्रहरीले अधिकारीलाई पक्राउ गरी बैंकिङ कसुर र ठगी मुद्धा चलाउने तयारी गरेको छ । प्रहरीले अधिकारीलाई अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति समेत मागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति