
काठमाडौँ । पाँच लाख डेनिस क्रोनसहित २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
पाकिस्तानी नागरिक ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी उल्लेखित रकमसहित पक्राउ परेका हुन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई बिहीबार सार्वजनिक गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले उनीहरुलाई फ्लाई दुबईको उडानबाट नेपाल आएको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभएको छ । ‘फ्लाई दुबईको उडानबाट दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३ सय ८४ रुपैयाँ हुनआउने उल्लेखित विदेशी मुद्रा अवैध रुपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेका छौँ’ उहाँले भन्नुभयो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने प्रहरी प्रवक्ता ढकालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति