
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च शिक्षा आर्जनका लागि नेपाल जस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीले बिहीबार भारतीय विश्वविद्यालय सङ्घ (एआइयु) उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलन उद्घाटन गर्दै बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
‘शिक्षाका लागि नेपाल जस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ’ उहाँले भन्नुभयो– ‘हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।’ उहाँले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रधानमन्त्रीले विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनुपरेको उल्लेख गर्दै उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताउनुभयो ।
‘उच्च शिक्षाको सन्तुलन विश्वव्यापी रुपमा उत्तरतिर झुकेको देखिन्छ’ उहाँले भन्नुभयो– ‘महँगो बजेटका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उत्तरका शैक्षिक प्रणालीले आकर्षित गरेपनि यो अवस्था लामो समयसम्म यस्तो अवस्था नरहन सक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति