
पोखरा । मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको बुधबार पोखरामा आयोजित २१औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।
पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले उद्योगी, व्यवसायी बिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने बताउँदै उद्योगी, व्यवसायी सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उद्योगी, व्यवसायी पूजनीय व्यक्ति भएको उल्लेख गर्दै उहाँले विविध घटनाक्रमले उनीहरुलाई असर गरिरहेको पनि समस्याका बीच पनि व्यवसायलाई थेगिरहेको बताउनुभयो ।
सम्पत्ति करको विषयलाई लिएर व्यवसायी मर्कामा परेको विषयमा आफू ज्ञात रहेको र यसका सम्बन्धमा पोखरा महानगरपालिका प्रमुखसँग छलफल गरिने बताउनुभयो ।
गण्डकी प्रदेशका उद्योग सचिव कुमानसिंह गुरुङले उद्योगीका समस्याबारे आफूहरु जानकार रहेको बताउँदै मन्त्रालयबाट ‘रेफ्री’को काम हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । मन्त्रालयले सहजीकरण गर्ने बताउँदै उहाँले प्राप्त सुझावलाई कार्यान्वयनको चरणमा लैजान तत्पर रहेको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले अहिलेको समयमा उद्योग सञ्चालन गर्न सजिलो नभएको बताउनुभयो । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहीरा पाठकले राज्यका निकायको व्यवहार उद्योगी तथा व्यवसायी अनुकुल नभएको प्रतिक्रिया दिनुभयो ।
सङ्घका अध्यक्ष रुद्रलाल श्रेष्ठको पहलमा २०३१ सालमा स्थापना भएको पोखरा औद्योगिक क्षेत्रमा हाल विभिन्न सङ्घ, संस्था गरेर ८२ वटा छन् । जसमा ७६ वटा उद्योगमध्ये ७४ वटा सञ्चालनमा रहेका र दुई बन्द भएको उहाँले बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रमा तीन हजार जनाले रोजगारी पाएको समेत उल्लेख गर्नुभयो ।
सङ्घले क्षेत्रभित्र फोहर व्यवस्थापन, पक्की बाटो निर्माण, क्लिनिक तथा दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरिएको जनाएको छ ।
कार्यक्रममा उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपाने, सङ्घका महासचिव फणीन्द्र शर्मा लगायतले सरकारको उद्योगमैत्री नीति आवश्यक भएको बताउनुभयो ।
सचिवालय भवनको शिलान्यास
साधारणसभा पूर्वसङ्घको सचिवालय भवनको शिलान्यास गरिएको थियो । शिलान्यास औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले गर्नुुभयो । भवन एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुने जानकारी गराइएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति