
काठमाडौँ । नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै गृह मन्त्रालयले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ ।
२०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै मन्त्रालयले सो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले वर्षभरि हुने ५३ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।
आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ ।
भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिन पनि बिदा दिइएको छ ।
असोज ३ गते संंविधान दिवस, असोज १७ गते घटस्थापना, असोज २४ देखि असोज २८ गतेसम्म पाँच दिन दशैँ बिदा दिइएको छ । कात्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहारमा पाँच दिन बिदा दिइएको छ भने २२ गते छठपर्वमा पनि बिदा छ । मङ्सिर ३० गते उधौली पर्व, योमरी पुन्हिको अवसरमा बिदा दिइएको छ ।
पुस १५ गते तमुु ल्होसार र पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिइएको छ ।
माघी पर्वको अवसरमा माघ १ गते, सोनाम ल्होसारको अवसरमा माघ १७ गते बिदा हुनेछ । फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गते शेर्पाको ग्याल्पो ल्होसार, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा पनि बिदा दिइएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) र बकर ईद (इद उल उजाह) का दिन पनि दुई दिन सार्वजनिक बिदा हुने राजपत्रमा उल्लेख छ ।
यस्तै, फागुपूर्णिमामा हिमाली र पहाडी ५६ जिल्लामा फागुन २९ गते र तराईका जिल्लामा चैत्त १ गते बिदा दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति