
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।
बुधबार नेप्से ५ दशमलव ९१ अंकले बढेर २ हजार ७६ दशमलव ५० विन्दुमा अडिएको छ । शेयर बजारमा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँ बराबरको कारोबार भएको छ । ३ सय २ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर, ७४ हजार ६ सय ७५ पटक खरिदबिक्री भएको हो ।
बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८, होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १४, जलविद्युत् समूह शून्य दशमलव १३, लगानी समूह शून्य दशमलव २१, जीवन बीमा समूह शून्य दशमलव २७ र लगानी समूह शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।
बुधबार सबैभन्दा धेरै वित्त समूह ६ दशमलव ५६ प्रतिशतले र विकास बैंक समूह २ दशमलव ३८ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा समूह शून्य दशमलव ४० र अन्य समूहको उपसूचक १ दशमलव ०७ प्रतिशतले बढेको छ ।
३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको शेयर मूल्य ५ दशमलव ८१ प्रतिशतले घटेको छ ।
शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १७ करोड १७ लाख ६४ हजार ८ सय ८० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंक प्रमोटर शेयर ८ लाख ८ हजार ५ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति