
काठमाडौँ । नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयविरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ ।
अदालतले संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो । नेपाली चिकित्सक विद्यार्थीहरुका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरुको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार आदेश जारी गर्नुभएको अमेरिकास्थित एक चिकित्सकले राससलाई जानकारी दिएका छन् ।
अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरुको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँंदै उनीहरुलाई अयोग्य भएको निर्णय समेत गरेको थियो । त्यो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरु समेत प्रभावित भएका थिए । यो निर्णयका विरुद्ध उनीहरुले उक्त अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतको यस आदेशले उनीहरुलाई केही राहत दिएको छ । अमेरिकाको ‘नेसनल बोर्ड अफ मेडिकल लाइसेन्सिङ’ लाई अदालतले नेपाली चिकित्सक परीक्षार्थीहरुलाई सो संस्थाले दिएको अन्तिम म्यादसमेत स्थगित गर्न आदेश जारी गरेको छ ।
युएसएमएलइ चिकित्सा शिक्षाको थप अध्ययनका लागि प्रवेश परीक्षा लिने चिकित्सा शिक्षा आयोग जस्तै नियामक निकाय हो । त्यो संस्थाले नेपालको मेडिकल परीक्षा प्रणालीप्रति प्रश्न उठाउँंदै सो परीक्षा र त्यसबाट प्राप्त भएको नतिजालाई अमेरिकाले स्वीकार नगर्ने नीति जारी गरेको थियो ।
यो निर्णयले हाल अमेरिकामा अभ्यासमा रहेका, सन् २०२२ यता अमेरिका आएर ‘रेजिडेन्सी’ गरेका र एमडी गरिरहेका नेपाली डाक्टरहरुलाई प्रभावित पारेको थियो । उनीहरुको योग्यतामा प्रश्न उठ्दा यहाँ कार्यरत काम समेत छोड्नुपर्ने र अमेरिकामा बैधानिकरुपमा भइरहेको बसोवाससमेत छोडेर फर्किनुपर्ने वाध्यकारी अवस्था आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति