
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सत्ता प्राप्तिका लागि मात्र सशस्त्र युद्ध गरेको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनमा सशस्त्र युद्धको बेला जथाभावी गोली हान्ने र त्यसलाई नियन्त्रण गर्न टाउको मूल्य तोक्ने अहिले सत्तामा आलोपालो गरिरहेको टिप्पणी गर्नुभयो । ‘राज्यको तर्फबाट मानवअधिकार उल्लंघन गर्नेहरु, विद्रोही भनिनेहरु अहिले शासक भएका छन्’ उहाँले भन्नुभयो– ‘अहिले किन मानवअधिकारको इस्यु ? गोली हान्ने र टाउकाको मूल्य तोक्ने सँगै मिलेका छन् । लडाइँ केका लागि ? दुई दुई वर्ष प्रधानमन्त्रीका लागि न रहेछ ।’
प्रमुख प्रतिपक्ष दलका नेता ओलीलेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ‘सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ?’ भन्ने टिप्पणी गर्नुभयो । ‘हिंसा शुरु गरेको मिति ०५२ सालबाट ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो । त्यही संसदमा नलडीकन हिस्सा लिइयो । सरकारमा चुनाव नलडी पुगियो । अनि हिंसा छोडियो’ उहाँले भन्नुभयो– ‘के भएर ? किन त्यत्ति थियो त्यसको उद्देश्य ? पार्लियामेन्टमा अच्छाखासा सिट संख्या र सरकारमा राम्रो हिस्सा । अरु त केही प्राप्त गरेको देखिँदैन । भनेपछि हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि छैन ।’
एमाले अध्यक्ष ओलीले माओवादी युद्ध औचित्यहीन रहेको प्रस्ट्याउनुभयो । ‘२०४७ सालको संविधानले शान्तिपूर्ण बाटाहरु बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत थियो’ उहाँले भन्नुभयो – ‘यो कुनै राणा शासन थिएन, पञ्चायती थिएन । संगठन गर्न नपाइने, बोल्न नपाइने, विचार व्यक्त गर्न नपाइने अवस्था थिएन । अनि फेरि हिंसा किन गर्नुपर्यो, अलिक पछि हिंसा बिसाएर फेरि आउनुपर्यो ।’
अध्यक्ष ओलीले माओवादी विध्वंसकै कारण देश तहसनहस भएको र युवा विदेश पलायन हुने अवस्था आएको धारणा व्यक्त गर्नुभयो। ‘राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ’ उहाँले भन्नुभयो–‘जम्माजम्मी सत्ता। सरकार रहेछ, सांसद रहेछ। चाहिएको त प्रधानमन्त्री न रहेछ। अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने ?’
एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको उल्लेख गर्नुभयो । ‘सशस्त्र युद्धमा सहभागीहरु नै शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो ?’ उहाँले प्रधनमन्त्री दाहालप्रति प्रश्न गर्नुभयो– ‘पीडितलाई पीडामै राखेर हिंसा मच्चाउनेहरु सरकारमा उहिले नै गइसके । १८ वर्षअघि शासक भइसके । पीडित जस्ताको त्यस्तै । डेमोक्रेसी कांग्रेसलाई आयो हामीले देख्यौँ, तर घाइते, अपांगलाई आएन । हामी संक्रमणकालीन न्यायका कुरा किन उपलब्ध गराउँदैनौं ?
एमाले संक्रमणकालीन न्यायलाई छिटो यथोचित ढंगले टुंग्याउने पक्षमा रहेको अध्यक्ष ओलीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा