
सुनसरी । सुनसरीको इनरुवा स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा करिब २ करोड नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
ट्राफिक प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा सुनसरी खोला पुलनजिक बीआर ११ एक्स ३४२९ नम्बरको महेन्द्र स्कोरपियोबाट १ करोड ८२ लाख ५१ हजार नक्कली नेपाली नोट नक्कली नेपाली नोटसहित भारतको विहारका छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरिएको हो ।
ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद गरेको जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विपिन रेग्मीले ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्नेक्रममा शङ्का लागेर पछाडिको डीक्कीमा राखिएको अवस्थामा बरामद गरेको जानकारी दिनुभयो । पक्राउ परेका साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नबीनकृष्ण भण्डारीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा १० वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति