
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गठबन्धनबारे सोच्ने ठाउँमा पुर्याएको बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको बताउनुभएको हो । केन्द्रीय समितिमा सोमबार प्रधामन्त्री दाहाल यस्तो टिप्पणी गर्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ ।
बैठकमा सहभागी ती नेताका अनुसार प्रधानमन्त्री दाहालले ‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ । ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्याएको छ’ भन्नुभएको छ । केन्द्रीय समिति बैठकमा प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले दिएको धोकाबारे गम्भीर छलफल भएको समेत ती नेताले बताउनुभयो ।
कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरे । त्यसपछि माओवादीले पनि कार्कीलाई नै मुख्यमन्त्रीमा समर्थन गर्न बाध्य भयो ।
त्यसपछि माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित हुनुभयो । सत्ता गठबन्धन उम्मेदवार कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा आफ्ना उम्मेदवार पराजित भएपछि माओवादी शसंकित बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति