
रौतहट । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश भएको छ।
रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपीआलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आइतबार आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।
मुद्दामा आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक र अफताब आलमले बहस गर्नुभएको थियो । नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता अधिवक्ता पुष्प पौडेलले बहस गर्नुभएको थियो ।
कांग्रेसका रौतहट सभापति समेत भएका आलममाथि २०६४ सालमा संविधानसभाको चुनावका बेला चुनाव प्रचारमा खटिएको टिम बम विस्फोटमा परेको र घाइते भएका केही व्यक्तिलाई इँटाभट्टामा हालेर जलाएको आरोप लागेको छ । यो मुद्दामा थुनछेक बहसपछि आलम २०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा