
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो कारोबारमै ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार १० दशमलव ५० अङ्कले ओरालो लागेर २ हजार ८५ दशमलव ८२ मा अडिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क ३ दशमलव ८९ अङ्कले ओरालो लागेर ३ सय ७४ दशमलव ७५ मा सीमित भएको हो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार ३ उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । विभिन्न कम्पनीका १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता शेयर, ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भयो ।
एनआरएन इन्स्फास्ट्रचर १२ करोड ४ लाख ३४ हजार ४ सय ३७, हिमालयन डिस्टिलरी ९ करोड २३ लाख २६ हजार ३ सय ८८, एनआइसी एशिया बैंक ८ करोड ४२ लाख ४ हजार ३ सय ३२ र हाथवे इन्भेस्टमेन्ट ८ करोड ३० लाख ७७ हजार ७ सय ३ रुपैयाँ मूल्यमा कारोबार भई शीषर्ए पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत् कम्पनी ६ दशमलव ४१,दोर्दी खोला जल विद्युत् कम्पनी पाँच दशमलव शून्य ८ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ९० प्रतिशतले कमाएका छन् ।
एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो १०,युनिलिभर नेपाल ७ दशमलव १४,गुराँस लघुवित्त ७ दशमलव १३,गणपति लघुवित्त ४ दशमलव ६६ र किसान लघुवित्तका लगानीकर्ताले ४ दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो