
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जाजरकोट भूकम्प पीडितहरु जाडोका कारण विभिन्न रोग र अभावबाट प्रभावित भएका भन्दै तत्काल उचित राहत र पुनःस्थापनाको माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद भैरबसुन्दर श्रेष्ठले जाजरकोटमा भूकम्पका प्रभावितमध्ये गर्भवती, सुत्केरी, बालबालिका थप पीडित भएको बताउँदै तत्काल उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सरकारले घोषणा गरेको राहत रकम अझै सबै परिवारले नपाएको उल्लेख गर्र्दै तत्काल उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । भूकम्प पीडितको व्यवसाय नष्ट भएको उल्लेख गर्दै उहाँले सरकारले उनीकहरुको पुनःस्थापनाको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद मोहम्मद खालिदले संविधानमा भएको व्यवस्था बमोजिम देशभित्र बोलिने सबै राष्ट्रिय भाषालाई समान स्थान दिएर सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले दुई प्रतिशतको हाराहारीमा बोलिने मुस्लिम समुदायसँग जोडिएको उर्दु भाषालाई राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।
सांसद डा बिमला राई पौड्यालले विगतदेखि नै नेपालको शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै हाल विश्वविद्यालयलको स्तर खस्किएको भन्ने टिप्पणीप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा नभई योग्यताका आधारमा नियुक्त हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद युवराज शर्माले त्रिभुवन विश्वविद्यालयमा भागबन्डा गरेर उपकुलपति नियुक्ति गर्न नहुने बताउँदै राष्ट्रिय गौरवका आयोजनाका काम प्रभावकारी ढङ्गले अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति