+

कोशीमा चार मन्त्री र दुई राज्यमन्त्री थपिए

मोरङ । कोशी प्रदेशमा  चार मन्त्री र दुई राज्यमन्त्री थपिएका छन् । 

मुख्यमन्त्री केदार कार्कीले  शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री थप्नु भएको छ । कार्कीले मुख्यमन्त्री बनेको चार महिनापछि दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो । 

नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री कार्कीले सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । 

नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बन्नुभएको छ । कार्कीले सामाजिक विकास र्र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट