
डडेल्धुरा । डडेल्धुराको खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताउनुभएको छ ।
जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रबार सदरमुकाम टुँडिखेलमा उद्घाटन गर्दै मन्त्री देउवाले जिल्लामा एउटा मात्रै खेल मैदान भएकाले थप निर्माणका लागि आगामी आवमा बजेट विनियोजन गर्ने बताउनुभयो ।
डडेल्धुरामा पर्शुराम नगरपालिका बाहेक अन्यत्र खेल मैदान छैन । कार्यक्रमका प्रमुख अतिथि मन्त्री देउवाले खेल क्षेत्रले राष्ट्रको गौरव बढाउने काम गरेको जनाउँदै डडेल्धुरा पनि खेलकुदका क्षेत्रमा अग्रणी स्थानमा रहेको बताउनुभयो । उहाँले खेलको विकास गर्न सुविधा सम्पन्न खेलमैदान आवश्यक भएकाले आगामी आवमा सुविधा सम्पन्न रगंशाला निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट विनियोजन गरी वर्षभरी खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीयस्तरमा खेलमैदान, बहुउदेश्यीय कभर्डहल निर्माण गर्ने रणनीति लिएको मन्त्री देउवाले प्रष्ट पार्नुभयो । विद्यालयस्तरमा होस् या जिल्लास्तरमा व्यवस्थित खेल संरचना निर्माण शुरु गर्ने उहाँले जनाउनुभयो ।
राष्ट्रिय क्रिकेट टिममा धेरै खेलाडी सुदूरपश्चिमका रहेका भन्दै अव्यवस्थित खेलमैदानमा प्रतिस्पर्धा गर्न समस्या हुने गरेको पालिकाका तर्फबाट सहभागी खेलाडी विधार्थीको भनाई छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्ला सदरमुकाम आएका विधार्थीले बहुउपयोगी खेलमैदानको आशा राखेका छन् । खेलमा रुचि भए पनि भौतिक र आर्थिक कारणले वञ्चित हुनुपर्ने अवस्था रहेको अजयमेरुका खेलाडीले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सात पालिकाबाट भलिवल, एथ्लेटिक्स, कवड्डी, मार्सलआर्टका विभिन्न विधामा छात्रछात्रा सहभागी भएर प्रतिस्पर्धा गरिरहेका छन् । कार्यक्रमको उद्घाटनसत्रमा प्रदेशका सांसद, सात पालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा संयन्त्रका प्रमुख, खेलप्रेमी लगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति