
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको निर्णयले देशमा ठूलो महत्व राख्ने बताउनुभएको छ ।
कांग्रेस सभापति देउवाले शुक्रबार पार्टीको काठमाडौँ जिल्ला सम्मेलन उद्घाटन गर्दै जिल्ला नेतृत्वलाई राम्रो काम गर्न निर्देशन दिनुभयो । ‘काठमाडौँमा कांग्रेसको सङ्गठन महत्वपूर्ण छ, यहाँको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्छ, देशभरि प्रभाव पार्ने गरी राम्रो प्रस्ताव पास गर्नुहोस्’ उहाँले भन्नुभयो ।
सभापति देउवालेकांग्रेस नेपाली जनताको पार्टी भएकाले सधैँ जनताका पक्षमा निर्णय गर्न निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौँ जिल्ला कार्यसमितिमार्फत देशैभरका कांग्रेसका नेता तथा कार्यकर्तालाई यो भन्न चाहन्छु कि कांग्रेस जनताको पार्टी हो, हाम्रा सबै निर्णय र कदम जनताका पक्षमा हुनु जरुरी छ ।’
कांग्रेस नेता प्रकाशमान सिंहले फागुन ७ गतेदेखि चल्ने नीति अधिवेशनका लागि पार्टीभित्र देखिएका अप्ठ्यारा फुकाउन आवश्यकपर्ने राय सुझाव दिन सबैलाई आग्रह गर्नुभयो । उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले नै महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसका नेता डा मीनेन्द्र रिजालले केन्द्र, प्रदेश र स्थानीय तहमा सत्तामा भएको पार्टी कमजोर बनेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कांग्रेस एक्लै चुनाव लडेर अगाडि बढेमात्र बलियो पार्टी बन्नसक्ने बताउनुभयो ।
कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले उच्च मनोबलका साथ पार्टीमा काम गरेर पार्टीभित्र एकताको सन्देश दिन जरुरी रहेको उल्लेख गर्नुभयो । संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेलले पार्टीलाई सुझबुझपूर्ण ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य प्रभात तामाङले जनप्रतिनिधि र पार्टीबीच तालमेल हुन नसकेको उल्लेख गर्नुभयो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले समुदाय एकातिर, कांग्रेस अर्कातिर हुँदै गएको आभास भएको बताउनुभयो । काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले गुटको व्यक्तिलाई टिकट दिँदा पार्टी कमजोर भएको बताउनुभयो ।
काठमाडौँ क्षेत्र नम्बर ९ का सभापति जयकृष्ण महर्जन, कांग्रेस काठमाडौँ महानगर सभापति नीलकाजी शाक्य, टोखा नगरपालिका–४ का सभापति रवीन्द्र श्रेष्ठ लगायतले पार्टीलाई चलायमान बनाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए