
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बजेट उत्पादन वृद्धि र रोजगारीमा केन्द्रित हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीले शुक्रबार नुवाकोट महोत्सव उद्घाटन गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेट कृषि उत्पादन वृद्धि हुनेगरी निर्माण गर्न लागिएको जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो ।
सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने तथा सुझाव लिने काम भइरहेको उहाँको भनाई छ। बजेट निर्माण प्रक्रिया अगाडि बढेको जानकारी दिँदै उहाँले आगामी आवको बजेटले मुलुकको रुपान्तरण गर्ने विश्वास दिलाउनुभयो ।
मुलुकको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको उल्लेख गर्दै प्रधानमन्त्री भन्नुभयो– ‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमनमा वृद्धि भएको छ, यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्वमा पनि वृद्धि भएको छ ।’
प्रधानमन्त्रीले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो