
काठमाडौँ । धूमपान र सुर्तीसेवनलाई निरुत्साहित गर्न ‘डा ओम फाउन्डेशन’ले ‘विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कूल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ ।
त्यही कार्यक्रमअन्तर्गत फाउन्डेसनले धूमपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ । पछिल्ला दिनमा नेपालमा धूमपान र सुर्तीसेवन विद्यालयस्तरबाटै शुरु गर्ने घटना बढेको छ । अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूमपान शुरु गरेको पाइन्छ ।
किशोरावस्थामै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति रहेकाले विद्यार्थीलाई धूमपान र सुर्तीसेवन हानिकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य रहेकाले यो अभियान सञ्चालन गरिएको बताइएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा।ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले धूमपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न २ साता सचेतनामूलक अभियान ‘धूमपान गर्ने स्वार्थी हुँदैनन्’ सञ्चालन गरिएको बताउनुभयो ।
विद्यालय, शिक्षक र अभिभावकले आफ्ना बालबालिकालाई यस अभियानमा सहभागी हुन प्रोत्साहित गर्न फाउन्डेसनले आग्रह गरेको छ । पुरस्कार र प्रतियोगिता एउटा माध्यम मात्रै हो विद्यार्थीलाई एक अभियानमा सहभागी गराउँदा उनीहरुले धूमपान तथा सुर्ती सेवनको असरका बारेमा जानकारी पाउने छन् । एउटा अवसरको सन्दर्भमा गरिएका क्रियाकलाप अविस्मरणीय पनि हुने भएकाले प्रणय दिवस तथा सरस्वती पूजालाई रोजिएको डा अनिलको भनाई छ ।
अभियानअन्र्तगत धूमपान र सुर्ती सेवनबाट सेवनकर्ता, सेवनकर्ताको परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने गरी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरीजवाफ प्रतियोगिता’ आयोजना गरेको डा अनिलले जानकारी दिनुभयो । १२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच छात्राछात्रलाई उत्कृष्ट रचनाकारका रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ ।
बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । सहभागीमध्येबाट एक छात्रा र एक छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । सहभागी मध्येबाट ३ समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ, प्रमाणपत्र र पदक प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना