
कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । उहाँ सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो । ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका मात्रै छैनन् , अँठोला परिवारको ३८ पुस्ता लामो विरासतलाई जोगाउनुभएको छ ।
भारतको हरिद्वारबाट पूर्वमध्यमासम्मको अध्ययनपछि आफुले बुबासँग बसेर ज्योतिष विद्या सिकेको उहाँले बताउनुभयो । ‘हरिद्वारमा संस्कृति पढे । त्यसपछि विद्यालय गइएन । घरमै बुबासँग बसेर ज्योतिष विद्या सिके’ जोशीले भन्नुभयो– ‘बुबा बितेपछि २५ वर्षअघिदेखि ज्योतिषी कर्ममा लागेको छु ।’ उहाँको घरमा व्रतबन्ध, विवाह, गृहप्रवेश, गृहनिर्माण शुभारम्भ आदिको शुभमुहूर्त हेर्न आउनेको भीडभाड नै लाग्ने गरेको छ ।
सीमावर्ती भारतीय क्षेत्र बनबासा, टनकपुर, खटिमा र रुद्रपुरलगायत ठाउँबाट पनि मानिसहरु आउने गरेका छन् । ‘हाम्रो पुर्खाले पाँच सय वर्षअघिदेखि ज्योतिषी कर्म थाल्नुभयो । यो पेशा अहिलेसम्म पनि निरन्तर छ’ उहाँले भन्नुभयो– ‘मसम्म आइपुग्दा ज्योतिषी कर्म थालेको ३८औँ पुस्ता हो । यति लामो इतिहास जोगाउनु उपलब्धि र चुनौती दुवै हो ।’ उहाँले अँठोला पञ्चाङ्ग समेत प्रकाशित गर्दै आउनुभएको छ । ‘चार÷पाँच वर्ष बुबाले हातले लेखेरै पञ्चाङ्ग बनाएर बाँड्नुभयो । पछि सुदूरपश्चिमबाट पहिलो पटक पञ्चाङ्ग दर्ता गराएर अनुमति लियौँ’ उहाँले भन्नुभयो– ‘त्यसपछि निरन्तर पञ्चाङ्ग प्रकाशित गर्दै आएका छौँ ।’
यसलाई निरन्तरता दिन र परिवारको ज्योतिषी विरासतलाई जोगाइराख्न मुरलीधर अहिले आफ्ना छोरा, नातिनातिनालाई पनि ज्योतिषी कर्म सिकाउनुहुन्छ । ‘ज्योतिषशास्त्र विज्ञान हो । यो भएन भने संसार नै चल्दैन’ उहाँले भन्नुभयो– ‘आस्था र विश्वासले यसलाई चलाएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति