
मकवानपुर । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले पुनःउत्पादन शुरु गरेको छ । उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ अभावमा लामो समयदेखि उत्पादन बन्द गरेको हेटौँडा सिमेन्टले उधारोमा कोइला ल्याएर पुनःउत्पादन थालेको हो ।
उद्योगमा आर्थिक सङ्कट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभएको । उद्योग व्यवस्थापनले हालै बोलपत्र आह्वान गरिएको र वैकल्पिक उपायको अवलम्बन गरी हाल दुई चरणमा करिब एक हजार आठ सय मेट्रिकटन कोइला ल्याई सकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया शुरु भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिनुभयो ।
कोइला ल्याउने ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकिल्पक उपाय अवलम्बन गरी आपसी समझदारीका आधारमा थप कोइला उधारोमा ल्याइरहेको पनि उहाँले सुनाउनुभयो । सिमेन्ट उत्पादन गर्न प्रयोग हुने क्लिङ्कर यन्त्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि दैनिक १०० मेट्रिकटन कोइला आवश्यक पर्दछ । यसैबीच सो उद्योगका महाप्रबन्धक पाण्डेले अब नियमित कोइला आपूर्ति भइरहने हुँदा निकट भविष्यमा उद्योग बन्द नहुने बताउनुभयो ।
उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेकामा हाल विभिन्न उपकरण जीर्ण भएको हुँदा अहिले दैनिक १० हजार बोरामात्र सिमेन्ट उत्पादन हुने गरेको सो उद्योगले जनाएको छ । एक अर्ब ३८ करोड रुपैयाँको लगानीमा २०३३ सालमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो ।
सिमेन्ट उद्योगले २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्ट उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा खपत गर्दै आएको थियो । अहिले सो उद्योगमा प्रशासन, प्राविधिक र मजदूर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । हालै सिमेन्ट उद्योगले उत्पादन गरेका करिब २ लाख २५ हजार बोरा सिमेन्ट काठमाडाँै, पोखरा, विराटनगर, जनकपुरलगायत अन्य सहरमा खपत हुन नसक्दा उद्योगले आर्थिक सङ्कटबाट मुक्त हुन नसकेको उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना