
गण्डकी । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोडिएका स्थानका सर्वसाधारणलाई उत्पादनमार्फत पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजनमा पदमार्ग क्षेत्रका बासिन्दा, जनप्रतिनिधि एवं घरबास सञ्चालकबीच मंगलबार पोखरामा गरिएको अन्तक्रिया सहभागी वक्ताले पदयात्रा पर्यटन प्रवद्र्धनसँगै उत्पादनसँग जोड्न सके अधिकतम लाभ लिन सकिने बताए ।
तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनःनक्साङ्कन गरी पोखरा महानगरसहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालकसहित अन्तक्र्रिया गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।
पछिल्लो समयमा नेपालको एकमात्र मध्यपहाडी क्षेत्रको सहश्राब्दी पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उहाँले पदमार्ग क्षेत्रका बासिन्दाले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुको विकल्प नभएको बताउनुभयो ।
स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूूर्यबहादुर कुँवरले सहश्राब्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुुपर्नेमा जोड दिनुभयो । पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उहाँले यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुको विकल्प नहुने धारणा व्यक्त गर्नुभयोे ।
पर्यटन विज्ञ डा श्रीकान्त खतिवडा, पृथ्वीनारायण क्याम्पस भूगोल विभाग प्रमुख नरेश पौडेल तथा सहप्राध्यापक एवं पुनःनक्साङ्कन उपसमिति संयोजक डा रामजी पोखरेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आलेलगायतले पदमार्ग क्षेत्रका बासिन्दाले उत्पादनमार्फत आयआर्जन गरी लाभान्वित हुनसक्नेमा जोड दिनुभयो ।
सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना सङ्क्रमणका समयमा सुस्ताए पनि पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणले आफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना