
भक्तपुर । भूकम्पले क्षतिग्रस्त भक्तपुरको ५५ झ्याले दरबारसँगै जोडिएको मल्लकालीन थन्थु दरबार पुनःनिर्माण हुने भएको छ ।
थन्थु दरबार भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने भएको हो । नगरपालिकाले लामो समय कार्यालयका रुपमा प्रयोग गरेकोे थन्थु दरबार पुनःनिर्माण बहुवर्षीय योजनाका रुपमा अगाडि बढाइएको छ । पुरातत्व विभागबाट स्वीकृति पाएपछि पुरातत्व विभागसँग समन्वयमा पुरानो भवन भत्काएर मल्लकालीन शैलीमै पुनःनिर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण आफैले बेहोर्ने बताउँदै आएको छ । आफ्नै उपभोक्ता समिति एवं कालिगढबाट सम्पदा पुनःनिर्माण एवं जीर्णोद्धार गर्ने नगरपालिकाले अडान लिँदै आएको थियो ।
नगरप्रमुख प्रजापतिले भन्नुभयो– ‘थन्थु दरबारलाई मौलिक शैलीमा माटो जोडाइबाट पुनःनिर्माण गरिने भएको छ । दरबार भवन पुनःनिर्माण प्राविधिक समितिले पेश गरेको संशोधित नक्साअनुसार पुरातत्व विभागसँग समन्वय गरी अगाडि बढाएका छौँ ।’
स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरूणा नकर्मीले थन्थु दरबारको पुनःनिर्माण मौलिक शैलीबाट हुनु प्रशंसनीय भएको बताउनुभयो ।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर दरबार क्षेत्रमा अवस्थित ५५ झ्याले दरबार थन्थु दरबारकै भागका रुपमा देखिएको बताउँदै दरबार पुनःनिर्माण माटो जोडाइको शैलीबाट हुनु स्वागतयोग्य कदम भएको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवं दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रा रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनःनिर्माण क्षेत्रको यसअघि स्थलगत निरीक्षण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए