
महोत्तरी । यहाँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायी सङ्घ ‘सडक खाना महोत्सव’मा जुटेका छन् । फागुनको पहिलो सातादेखि मुख्य सडकका पेटीमा खाना महोत्सव आयोजना गर्न लागिएको सङ्घले जनाएको हो ।
फागुन ५, ६ र ७ गते बर्दिवासमा आयोजना हुने महोत्सवमा मधेसका विशिष्ट परिकारले पाहुनाको स्वागत गरिने सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार पूर्वपश्चिम र बिपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपा राजमार्ग) को सङ्गमस्थलमा महोत्सव हुनेछ । सामान्यतया सडक यात्रीका लागि खानपिनको गन्तव्य रहँदै आएको बर्दिवासमा आयोजना हुने सडक खाना महोत्सवमा मधेसका विशिष्ट परिकारको व्यवस्था गरिने सङ्घले जनाएको छ ।
‘महोत्सवभरि सडक पेटीमै व्यवस्थितरुपले विभिन्न परिकार पस्कन्छौँ । सँगसँगै जोडिएर रहने ५० खानाका स्टलमा पाहुनाले घुमीघुमी परिकारबारे जानकारी लिन र स्वाद बुझ्न सक्नुहुनेछ’, सङ्घका महासचिव नारायण घिमिरेले भन्नुभयो– ‘महोत्सव स्वस्थ्यकर खानाका परिकारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको हो ।’ उहाँका अनुसार खानाका परिकार, स्वा, गुण र फाइदाबारे जानकारी गराइने छ ।
घिमिरेले भन्नुभयो– ‘महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिनु हुनेछ ।’ उहाँका अनुसार महोत्सवमा सहभागी पाहुनाले २० देखि ४० प्रतिशतसम्म छुटमा पाउनेछन् भने विविध सांस्कृतिक कार्यक्रम समेत हुनेछन् । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा स्वस्थ्यकर, स्वच्छ र स्वादिष्ट खाना एकै ठाउँमा छानीछानी पाहुनाले रमाउँदै खान पाउने तयारी गरिएको सङ्घले जनाएको छ । यो कार्यक्रमको उद्देश्य स्थानीय परिकारको प्रचारप्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनु रहेको महासचिव घिमिरेले जानकारी दिनुभयो ।
दिनअघिदेखि बर्दिवास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ र बर्दिवास नगर पत्रकार सञ्जालले पर्यटन प्रवद्र्धनका लागि गन्तव्य पहिल्याउने पदयात्रा सञ्चालन गर्दै आएका छन् । उद्योग वाणिज्य सङ्घले थालेको पदयात्रा अभियानमा क्रमशः सामाजिक सङ्घसंस्था जोडिँदै जानुले यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धनको वातावरण बन्दै गएको पदयात्राका सहभागीले बताएका छन् ।
महोत्सवमा बर्दिवास नगर कार्यपालिकाको सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् । करिब १५ लाखको लागतमा आयोजना गर्न लागिएको महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । सङ्घले ३ दिन बर्दिवासमा बसेर महोत्सवको आनन्द लिन सबैमा सार्वजनिक अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति