
महोत्तरी । सवारी दुर्घटनामा हुने मानवीय क्षतिको सङ्ख्या वर्षेनी बढ्दै छ ।
आर्थिक वर्ष २०८०/८१ का बितेका ६ महिनामा मधेसमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका थिए । यस अवधिमा भएका साना तथा ठूला ४ हजार ४ सय ७७ सडक दुर्घटनामा ५ हजार ६६ जना घाइते भएको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
त्यही अवधिमा सडक दुर्घटनामा परी महोत्तरीका ३१ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न स्थानमा भएका २ सय ६५ वटा सडक दुर्घटनामा अङ्गभङ्ग भई घाइते हुने ३ सय २५ पुगेकामा ८४ जना त सख्त घाइते भई अझै सकसपूर्ण अवस्थामा रहेका महोत्तरी जिल्ला ट्राफिक प्रहरी प्रमुख रामभक्त भट्टराईले बताउनुभयो ।
सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा बढीजसो ३० वर्ष मुनिका युवा रहेका र तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेका उहाँको भनाई छ । सवारीसाधन चलाउने दक्षता र सोसम्बन्धी अनुमतिपत्र बेगर नै मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ । विशेषगरी युवा उमेरका मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेर द्रुतगतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढी भएका देखिएको प्रमुख भट्टराईको भनाई छ ।
‘हामीले निरन्तर जाँच गर्ने, कारबाही गरी जरिवाना तिराउने र अन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’ उहाँले भन्नुभयो– ‘तर दुर्घटना न्यूनीकरण भएका छैनन् ।’ जाडो याममा बाटो नदेखिने गरी लाग्ने बाक्लो हुस्सु पनि दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरीको भनाइ थियो । महोत्तरीमा बितेका ६ महिनामा कूल २३ हजार ३ सय ४८ सवारीसाधन कारबाहीमा परेकामा सबैभन्दा बढी १२ हजार ५ सय २८ मोटरसाइकल परेका थिए ।
८ हजार ८ सय २८ कार तथा जिप र ४ हजार ९८ ट्रक कारबाहीमा परेकामा त्यसबाट १ करोड ९१ लाख, ९६ हजार ५ सय रुप्रयाँ जरिवाना असुल गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए