
बाँके । बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठ स्रोत व्यक्ति रवीन्द्रकुमार शाहले जानकारी दिनुभयो ।
‘बाँकेमा सबै स्वास्थ्य संस्थाबाट सङ्कलन गरिएको तथ्याङ्कअनुसार पछिल्लो समय कुष्ठरोगबाट बालबालिका प्रभावित भएको पाइएको हो’ उहाँले भन्नुभयो – ‘खुला सिमानाका कारण बाँकेबाट छिमेकी मुलुक भारतमा बढी आवतजावत हुने भएकाले कुष्ठ रोगको जोखिम घट्न सकेको छैन ।’
सरकारको कुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकाले सरकारी स्वास्थ्य संस्था नयाँ बिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
जानकी गाउँपालिकामा आइएनएपले सञ्चालन गरेको साइनिङ अस्पतालमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ६० नयाँ कुष्ठरोगी फेला परेका छन् । तीमध्ये २९ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ ।
‘कुष्ठरोग प्रकोप दर घटेको छैन, गत वर्ष पनि ६ महिनाको तथ्याङ्कमा ५१ जना नयाँ बिरामी फेला परेकामा २५ जना बाँकेकै थिए’ प्रमुख चौधरीले भन्नुभयोद्द ‘लुम्बिनी प्रदेशमै बाँके दोस्रो उच्च जोखिममा रहेको छ ।’
स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले समाजमा अझै पनि कुष्ठरोगीलाई गरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको जनाउँदै राज्यले जनचेतना जगाउन र नयाँ बिरामी पत्ता लगाउन थप नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा आरके झाले कुष्ठरोगको रोकथाम र उपचार सम्भव रहे पनि सबैमा जनचेतना पुग्न नसक्दा समाजमा अझै धेरै रोगी लुकेर रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति