
काठमाडौँ । श्रीलङ्काले आइतबार आफ्नो ७६ औं स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ। राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गर्नुभएको छ ।
विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताउनि भएको छ । व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिना सहने नागरिकको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीलाई क्रमशः पार गरिरहेको उहाँको भनाई छ ।
उहाँले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन जनतालाई आग्रह गर्नुभएको छ । यसैबीच यस अवसरमा ७ सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति