
पाँचथर । फालेलुङ गाउँपालिकाले सार्वजनिक कार्यक्रममा खादा, ब्याच र प्लाटिकका माला प्रयोगमा प्रतिबन्ध लगाएको छ । कार्यपालिका बैठकमा भएको निणर्य सार्वजनिक गर्दै गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट व्ययभार हुने कुनै पनि कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न भनेको हो ।
‘गाउँपालिकाको बिनियोजित बजेटबाट व्ययभार हुने सभा, सम्मेलन, तालिम गोष्ठी सहितका सार्वजनिक कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न जानकारी गराइन्छ, कुनै निकायले यस्ता सामग्री प्रयोग गरेर बील भपाई पेश गरेमा भुक्तानी दिइने छैन,’ पालिकाबाट जारी सूचनामा भनिएको छ ।
आयातित सामग्रीको साटो स्थानिय फूलका माला र सल्ला वा पिपलका पात र गुच्छा प्रयोग गर्न जस्को कारण वातावरणीय हिसाबले र आर्थिक हिसावले समेत ठिक हुने गाउँपालिका अध्यक्ष बीरबिक्रम थाम्सुहाङले बताउनुभयो ।
प्रयोग नगरी नहुने धार्मिक कार्यक्रममा भने खादा प्रयोगमा कडाइ गरिने छैन । निणर्य गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय, शैक्षिक र सामाजिक संस्थामा लागू हुने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति