
काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरूले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक बाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको छ ।
अहिलेसम्म पनि आफूहरूले निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकाले आन्दोलन गर्नुपरेको आवासीय चिकित्सकहरूले जनाएका छन् ।
काठमाडौँ उपत्यकाभित्रका चिकित्सकहरूले आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् ।
त्यस्तै उपत्यका बाहिरकालाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न सङ्घले निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा