
मकवानपुर । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन ५ महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।
सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताउनुभयो । रकम अभावले कोइला खरिद गर्न समस्या भइरहेको उहाँको भनाई छ ।
रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ ।
दैनिक ७ सय पँचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने त्यो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा २ लाख ४९ हजार ४ सय ५६ बोरा सिमेन्ट बिक्री भइसकेको छ ।
उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तर रुपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया शुरु गरिएको बताउनुभयो । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ ।
आव वर्ष २०७६र७७ देखि २०७८र७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७ सय ८२ रुपैयाँ नोक्सान भएको थियो । गत आवमा मात्र २३ करोड ५५ लाख रुपैयाँ नोक्सान भएको थियो ।
उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदूर सङ्घले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् । यसैबीच हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति