+

ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको भिडियो भाइरल

काठमाडौँ । ट्राफिक प्रहरीबाट एकजना सर्वसाधारणमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।



भाइरल बनेको भिडियोमा एक ट्राफिक प्रहरीले एक सर्वसाधारण व्यक्तिलाई लडाएर लात्ती हानेको देख्न सकिन्छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले भिडियो सामाजिक सञ्जालमा आएलगत्तै अनुसन्धान थालिएको बताए ।

“सामाजिक सञ्जालमा आएको भिडियो पुरानो हो भन्ने छ । ज्याकेट पनि लगाएकाले जाडो महिनाको हुनसक्ने भन्ने छ । तर, घटना कुन ठाउँको हो भन्ने पत्ता लागेको छैन,” उहाँले भन्नुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै