
काठमाडौँ । रुकुम पूर्व जिल्लाको रनमामाईकोट क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहीबार बेलुका ७ः३४ बजे ४ं.२ रिक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय म्याग्निच्युड ४.२ मापन गरिएको हो। भूकम्पको केन्द्रविन्दु रुकुम पूर्वको पहाडी क्षेत्रअन्तर्गत पर्छ।
हालसम्म मानवीय क्षति वा भौतिक क्षतिबारे विस्तृत विवरण प्राप्त भएको छैन। केन्द्रका अनुसार पछिल्लो समय देशका विभिन्न भूभागमा स–साना परकम्पहरू आइरहेका छन्, जसले भूगर्भीय चाप झल्काउँछ।
भूकम्प विज्ञहरूले यस क्षेत्रमा भूकम्पको सम्भावना सधैं रहेको बताउँदै सतर्कता अपनाउन आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै