
काठमाडौँ । मित्रराष्ट्र चीनले रिपोर्टिङका लागि पत्रकारलाई आमन्त्रणा गर्ने भएको छ ।
चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी), राष्ट्रिय विधायिका र चीनको राष्ट्रिय राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिले स्थानीय र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई मार्चमा हुने आफ्नो वार्षिक अधिवेशनको रिपोर्टिङका लागि आमन्त्रण गर्न लागेको हो ।
एनपीसीको दोस्रो सत्र ६ मार्चमा शुरू हुनेछ भने सीपीपीसीसी १४ औँ राष्ट्रिय समितिको दोस्रो सत्र ४ मार्चमा शुरू हुनेछ ।
एनपीसी स्थायी समिति र सीपीपीसीसी राष्ट्रिय समितिका सामान्य कार्यालयद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ– ‘यी दुई सत्रको समाचार कभरेज मुख्यतया स्थलगत रिपोर्टिङको माध्यम र अन्य विभिन्न माध्यमबाट गर्न सकिनेछ ।’ दुवै सत्रका लागि सञ्चार केन्द्र फेब्रुअरी २७ देखि खुला रहने विज्ञप्तिमा उल्लेख छ ।
यी दुई सत्रको कभरेज गर्न चाहने चीनस्थित विदेशी पत्रकारले सञ्चार केन्द्रमा आवेदन दिनुपर्नेछ भने चीनमा नरहेका पत्रकारले आफ्नो देशमा रहेका चिनियाँ दूतावास वा वाणिज्य दूतावास वा चीनको विदेश मन्त्रालयबाट अनुमति प्राप्त भिसा संस्थामार्फत आवेदन दिनुपर्नेछ ।
हङकङ र मकाउका पत्रकारहरूले दुई विशेष प्रशासनिक क्षेत्रमा केन्द्रीय सरकारको सम्पर्क कार्यालयमा आवेदन दिनुपर्नेछ । ताइवानका पत्रकारहरूले राज्य परिषदको ताइवान मामिला कार्यालयमा आवेदन दिनुपर्नेछ ।
आवेदनको लागि अन्तिम समय फेब्रुअरी १८ सम्म तोकिएको छ । दुई सत्रको बारेमा थप जानकारी ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट एनपीसी डट जीओभी डट सीएन’ र ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट सीपीसीसीसी डट जीओभी डट सीएन’ उपलब्ध रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति